स्याङजामा पुरुषको शव फेला

पोखरा न्यूज । स्याङ्जामा मंगलवार एक पुरुषको शव फेला परेको छ ।

हरिनास गाउँपालिका-३ बुमदीका ५३ वर्षीय लेखनाथ पाध्य सोही गाउँपालिकाको बलम्दीको भीरमा शव फेला परेको हो । पन्ध्र दिन अघि तनहुँको दुलेगौंडा जान्छु भनी हिडेका पाध्याको स्थानीयले खोजी गर्ने क्रममा मंगलबार उक्त भीरमा शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिंङले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button