आजको राशिफल : पुस ०७ गते बुधबार

वीरेन्द्र सापकोटा । आज मितिः २०७७-माघ-०७, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको २०, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः सप्तमी घ.प.:१६ः४१(१३ः२७), नक्षत्रः रेवती(१६ः८), योगः सिद्धि, करणः भद्रा, आनन्दादी योग : उत्पात

चन्द्रमाः मीन, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५७

सूर्यास्तः १७ः३३

आजको राशिफलः

मेष. तपाईंको लागि आजको दिन ठिकै रहेको छ । मन स्थिरता भने देखिदैन । गरेका काममा भने दरिलो आँटका साथ गरेमा पूर्ण हुने छन् । आर्थिक कारोबारमा सफलता मिल्नेनैछ ।

वृष. तपाईंको आजको दिन राम्रो रहेको छ । सोच विचार गरेर गरेका काममा सफलताका साथै पूर्णता मिल्नेछ । मन प्रसन्न हुने भने स्वास्थ्यले पूर्ण साथ दिने देखिन्छ । कुरा काट्नेहरु प्रशस्त भेटिएतापनि तपाईंको अगाडि चुप नै रहनेछन् ।

मिथुन. तपाईंको आजको दिन त्यति राम्रो मान्न सकिदैन । आर्थिक कारोवारमा असफलता हात लाग्नेछ भने मनमा चञ्चलतापनले सताउनेछ । काममा बाधा व्यवधान आउँदा आफन्तसँग झैझगडाको अवस्था सृजना हुनेछ ।

कर्कट. तपाईंको आजको दिनमा उन्नतिप्रगतीका साथै मान-सम्मान र इज्जत प्राप्त गर्ने अवसर आउनेछ । नयाँ-नयाँ आर्थिक कारोबारमा हात हाल्ने मन जाग्दा साथीभाइको सहयोग मिल्नेछ । समग्रमा दैनिकी सफलताका साथ व्यतित हुनेछ ।

सिंह. तपाईंको आजको दिन ठिकै तवरले बित्नेछ । आफन्तसँग झैझगडाको सम्भावना रहेकाले बोलिमा विचार पु¥याउनुपर्ने हुन्छ । आज तपाईंलाई दुर्घटना तथा चोटपटकको सम्भावना रहेकेले सतर्कता अपनाउनु नै बुद्धिमतापूर्ण कार्य हुनेछ ।

कन्या. आजको दिनमा तपाईंले मानसम्मान प्राप्त गर्ने सम्भावना रहेको छ । काममा सफलता मिल्दा नयाँ-नयाँ काममा मन जानेछ । इष्टमित्र तथा साथीभाइको सहयोगले काममा सफलता मिल्नेछ ।

तुला. स्वास्थ्यमा समस्या आउँदा भइसकेका काममा अवरोध हुन सक्ने सम्भावना देखिन्छ । मनमा अनेकानेक शंका उपशंकाले घेर्नेछ । आफ्नाले धोका दिँदा मन टुट्नेछ । गरेको कार्यमा व्यवधान ल्याउन नजिकका व्यक्तिहरु सक्रिय हुनेछन् ।

वृश्चिक तपाईंको आजको दिन सुखदपूर्वक नै बित्ने देखिन्छ । मन खुसी हुनेछ । आर्थिक कारोबारमा नसोचेका सफलता प्राप्ति हुँदा आत्मबल भने दरिलो भएर जानेछ । वाहनादीले फाइदा पु¥याउने देखिन्छ ।

धनु. तपाईंको आजको दिन उधारो नगद उठ्नेछ । शत्रुहरुले पनि मित्रताको भावना जागृत गराउनेछन् । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिँदा अधुरा काममा पूर्णता हुने संकेत पनि उत्तिकै रहेको छ ।

मकर. बेरोजगार भए रोजगार र रोजगारी भए पदप्रतिष्ठामा वृद्धि हुने योग आजको दिनमा रहेको छ । जसको शुरुवात तपाईं स्वयंले गर्नुपर्ने हुन्छ । शत्रु पराजित हुनेछन् । थोरै विचार र बुद्धिको प्रयोग भएमा कार्य सफलताको बाटोमा जानेछ ।

कुम्भ. तपाईंको आजको दिन मध्यम पारामा बित्ने देखिन्छ । जोश जाँगरमा कमिपन आउनेछ भने हातमा आएका कामपनि आलस्यताका कारण फुत्कने सम्भावना छ । आफन्त तथा साथीभाइसँग झगडाको सम्भावना पनि उत्तिकै देखिन्छ ।

मीन. तपाईंको आजको दिन आनन्दले बित्ने देखिन्छ । घर तथा समाजमा आज तपाईंको प्रशंसा हुनेछ भने मानसम्मान र रोजगारीको क्षेत्रमा पदप्रतिष्ठा बढेर जानेछ । आर्थिक कारोबारमा पनि सफलता हात लाग्नेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button