ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

पोखरा न्यूज । डडेल्धुरामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–२ मा मंगलबार ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेशबहादुर ऐरको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानएको छ ।

दुर्घटनामा परी पाँच जना घाइते भएका र घाइतेको परिचय नखुलेको प्रहरीले जनाएको छ । से१त ३८१३ नम्बरको ट्र्याक्टर कच्ची सडकबाट केही तल खसेको घाइते सबैको डडेल्धुरा अस्पतालमा डडेल्धुरामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । दुर्घटनाका बारे अनुसन्धान भइरहेको उनले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button