गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा बुधबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका कास्कीमा २८ जना, तनहुँमा १० जना, बाग्लुङमा २ जना, र पर्वतमा १ जना व्यक्तिहरुमा संक्रमण देखिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार दिउसोसम्म कोरोना संक्रमितको संख्या १५ हजार २६५ जना पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं ३ का २ जना पुरुष, वडा नं ४ का २ जना महिला र १ जना पुरुष, वडा नं ५ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा न ९ का १ जना पुरुष, वडा नं १० का १ जना महिला र २ जना पुरुष, वडा नं ११ का ६ जना पुरुष, वडा नं १४ का ४ जना पुरुष, वडा नं १७ का २ जना महिला र २ जना पुरुष, वडा नं १९ मा १ जना पुरुष, वडा नं २५ का १ जना पुरुष, वडा नं ३३ का १ जना पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरी तनहुँको भिमाद नगरपालिका वडा नं ६ का १ जना पुरुष, शुक्लागण्डकी नगरपालिका वडा नं ३ का १ जना महिला, वडा नं ४ का १ जना महिला र १ जना पुरुष, व्यास नगरपालिका वडा नं ५ का १ जना पुरुष, भानु नगरपालिका वडा नं ४ का ३ जना महिला, वडा नं ९ का २ जना पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं २ का १ जना पुरुष, वडा नं ४ का १ जना पुरुष, र पर्वतको कुश्मा नगरपालिका वडा नं ९ का १ जना पुुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु मध्ये १७ जना संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जानकारी दिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट उहाँहरुको पहिचान भएको थियो । त्यसैगरी ५ जना संक्रमितहरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकमा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको हो । १९ जना लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको निर्देशनालयले जानकारी दिएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने पनि निर्देशनालयको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button