नेपाली महिला समाज कतारद्धारा न्यानो कपडा वितरण

पोखरा न्यूज । नेपाली महिला समाज कतारले विपन्न परिवारमा न्यानो कपडा वितरण गरेको छ । २०२१ जनवरी १९ को दिन समाजले नेपालमा रहेको सामाजिक संस्था ‘प्रगतिशील समाज नेपाल’ सँगको सहकार्यमा चितवन जिल्ला ईच्छाकामना गाउँपालिका टोलांगस्थित चेपाङबस्तीमा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धारुलाई न्यानो कपडा वितरण गरेको हो ।

महिला समाज कतारको आर्थिक सहयोग तथा प्रगतिशील समाजको व्यवस्थापकीय र मानवीय सहयोगबाट सम्पन्न उक्त कार्यक्रममार्फत झन्डै १०० बालबालिकालाई टोपी, स्वेटर, ट्रयाक तथा अन्य कपडाहरु प्रदान गरिएको थियो । झन्डै २५ जना वृद्धहरुलाई १/१ जोरन्यानो कपडा प्रदान गरीएको छ ।

प्रवासबाट पनि देशको सेवा गर्न सकिन्छ र गर्नुपर्छ भन्ने धारणालाई व्यवहारमा परिणत गर्ने कार्यमा नेपाली महिला समाज कतारमा आवद्दहरु तथा कतारका विभिन्न संघ-संस्थाहरुको सहयोगमा बालबालिकाले न्यानो कपडा पाएको समाजकी अध्यक्ष अमिना खानले जानकारी दिनुभएकाे छ । समाजले आगामी दिनमा पनि विभिन्न संस्थाहरुसँग समन्वय गरेर समस्यामा परेका मानिसहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारमा नेपाली महिला समाज महिलाहरुको सामाजिक संस्था हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button