आजको राशिफल : माघ ०९ गते शुक्रबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–माघ–०९, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको २२, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः नवमी घ.प. २७ः२३(१७ः५४), नक्षत्रः भरणी(२९ः२), योगः शुभ, करणः तैत्तिल, आनन्दादी योगः मुद्गर

चन्द्रमाः मेष, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५७

सूर्यास्तः १७ः३५

आजको राशिफलः

मेष. तपाईको आजको दिन राम्रो रहेको छ भन्न सकिन्छ । मान–सम्मान र पदप्रतिष्ठाको समय रहेको छ । तपाईले आँटेका कामहरु सोचेर गर्नुभयो भने पूर्ण हुनेछ भने स्वास्थ्य पनि तपाईको पक्षमा रहेको छ ।

वृष. सोच विचार गरेर काम गरेको खण्डमा तपाईले गरेको कामले सफलता प्राप्ति गर्ने समय रहेको छ । सबैको साथ र सहयोग प्राप्त गर्नुहुनेछ भने यात्राको अवसर मिल्नेछ । अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन. तपाईको आजको दिन राम्रो रहेको छ । आजको दिन सफलता प्राप्तिका साथै आनन्दले गरेका कामले पूर्णता पाउने देखिन्छ । श्रीमान–श्रीमतीबिचको प्रेमालाप बढेर जानेछ भने आजको बसाई समग्रमा सुखद हुनेछ ।

कर्कट. धन नाशको समय भएकाले सुरुमै सावधानी अपनाउनुपर्ने समय देखिएको छ । नयाँ व्यवसायको सुरुवात नगर्दा नै राम्रो हुनेछ । झैझगडाको सम्भावना भएकाले सचेतता अपनाउनुपर्ने हुन्छ । आफन्तबाट धोका मिल्नेछ ।

सिंह. तपाईको आजको दिन राम्रो रहेको छ । आजको काममा मन जानेछ पुराना साथीभाइसँग भेटघाटको अवसर जुट्नेछ । आर्थिक कारोबारमा सफलता प्राप्ति हुदा मन प्रसन्नताका साथ दिन व्यतित हुनेछ ।

कन्या. तपाईको आजको दिन त्यति राम्रो मान्न सकिदैन । आजको दिनमा कष्ट तथा दुःख आउनेछ । अनावश्यक क्रोधले गर्दा काम समेत बिग्रनेछ । इष्टमित्रको साथ नपाउँदा मन दोधारको अवस्थामा सृजित हुनेछ ।

तुला. तपाईको आजको दिन राम्रो हुँदा पहिला उठ्न बाँकी आर्थिक कारोबारमा सफलता मिल्नेछ । सबैबाट मित्रताको भावना जागृत हुने अवसर मिल्नेछ । आज नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिनेछ ।

वृश्चिक. तपाईको आजको दिन राम्रो छैन । आँटेका काममा बिग्रनेछ भने आफन्तको सहयोग पनि पाइनेछैन । आर्थिक कारोबारमा होसियारि नपुर्‍याए अरुले डुबाइदिने सम्भावना पनि उत्तिकै रहेको छ ।

धनु. तपाईको लागि आजको दिन राम्रो रहेको छ । यात्राका अवसर आउँदा मानसम्मान प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सबल हुँदा आजको दिनमा तपाईले गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

मकर. व्यापार व्यवसायबाट आम्दानीको सम्भावना बढेको छ । शिक्षाको क्षेत्रमा सफलता प्राप्ति हुदा स्वास्थ्यले पनि साथ दिनेछ । रोजगारका अवसरहरु आउनेछन् । सबैको सहयोगले तपाइको हौशाला बढ्ने देखिन्छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरु खुलेका छन् । स्वास्थ्यमा सुधार हुनेछ ।

मीन. आज तपाईको दिन त्यति राम्रो मान्न सकिदैन । वाहन तथा साधनबाट धोका मिल्नेछ । नशा तथा चिसोको रोगबाट ग्रसित हुने सम्भावना पनि उत्तिकै देखिएको छ । मनमा अनावश्यक सोचाइ आउनेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button