ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

पोखरा न्यूज । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्याक्टर सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button