पोखरामा २४ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउँसो २६ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा २४ जनासहित गण्डकी प्रदेशका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा १ महिला, २ का १ पुरुष, ४ का १ पुरुष, ५ का २ पुरुष, ६ का १ महिला, ८ का २ पुरुष, ९ का १ पुरुष, १० का १ पुरुष, १२ का १ पुरुष, १४ का २ महिला, १५ का १ पुरुष तथा १ महिला, १६ का १ पुरुष, १७ का १ पुरुष तथा १ महिला, २७ का १ पुरुष तथा १ महिला, ३२ का १ पुरुष तथा २ महिला रहेका छन् ।

त्यस्तै पर्वत जिल्ला कुश्मा नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या १५ हजार २ सय ९९ सय पुगेको जानकारी निर्देशनालयले दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button