पोखराको होटलमा युवा मृत भेटिए

पोखरा न्यूज । पोखराका ४३ वर्षीय युवा लेकसाइड स्थित एक होटलको कोठामा शुक्रबार बिहान मृत फेला परेका छन् ।

पोखरा-१८ सेदीफाँट स्थित होटल चारकोलको १०२ नं को कोठामा पोखरा-१७ छोरेपाटन निवासी ४३ वर्षीय ईश्वर गुरुङ शुक्रबार बिहान मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

थिङले दिएको जानकारी अनुसार  बिहीबार राति होटलमा सुतेका गुरुङ शुक्रबार बिहान अबेरसम्म नउठेपछि होटल संचालक गएर हेर्दा कोठामा मृत भेटिएका हुन् ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button