नवलपुरमा लागुऔषधसहित दुई युवा पक्राउ

पोखरा न्यूज । नवलपुरमा शुक्रबार बिहान लागुऔषधसहित दुई जना युवा पक्राउ परेका छन् ।

कावासोती नगरपालिका-८ स्थित पूर्व-पश्चिम राजमार्ग अन्तरगत खरकट्टामा मोटरसाइकलमा लागुऔषध लिएर हिड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ पर्नेमा मोटरसाइकल चालक बागलुङ नगरपालिका-२ निवासी २२ वर्षीय संगम बस्याल र पछाडी बस्ने बागलुङ जिल्ला काठेखोला गाउँपालिका -१ का २२ वर्षीय जीवन केसी छन् ।

उनीहरु चढेको  ध १ प ५६९१ नं को मोटरसाइकलमा शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट नुर्फिन, डाइजापाम र फेनरागन गरी एक/एक सय एम्पुल बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button