तनहुँमा जीपको ठक्करबाट युवा गम्भीर घाइते

पोखरा न्यूज । तनहुँमा शुक्रबार बिहान जीपले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका–१ सत्रसय फाँटमा डुम्रेतर्फ जाँदै गरेको ग.१ ज ७२३२ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. २-०३-१२ प ४४२९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाँदा मोटरसाइकल चालक चितवन पार्वतीपुरका २३ वर्षीय संजय नेपाली घाइते हुनुभएको हो ।

नेपालीको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो । जीप र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button