नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा शुक्रबार थप ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार ५ सय ४५ जनाको पीसीआर गरिएकोमा १ सय ६९ जना पुरुष र १ सय ३३ जना महिला गरी जम्मा ३ सय २ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ८० निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा १ सय ५८ जना रहेका छन् भने ३ हजार ६ सय ४१ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button