खेलकूदले मानिसको चेतनालाई व्यवस्थित पार्छ : रोका

पोखरा न्यूज । नेपाल मार्शल आर्टस् हाप्किडो संघका केन्द्रीय सल्लाहकार नवीन रोकामगरले खेलकूदले मानिसको चेतनालाई व्यवस्थित बनाउने बताउनुभएको छ ।

संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै रोकामगरले खेलले मानिसलाई चेतनशील, अनुशासित र व्यवस्थित हुन सिकाउने उल्लेख गर्नुभयो । युवालाई खेलकूदमा संगठित गर्न आवश्यक रहेको भन्दै उहाँले प्रशिक्षित र संगठित गर्दै युवालाई राष्ट्र निर्माणको बाटोमा अग्रसर गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

खेलकूदकै माध्यमबाट समाज र देशलाई विश्वमा चिनाउन सकिने बताउँदै रोकामगरले खेलकुदमा राज्यको पर्याप्त लगानी अझै हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । देशको गौरव र शान राख्ने खेलकूदलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले खेलकुदका माध्यमबाट राष्ट्रिय एकता समेत बलियो बनाउन सकिने भनाइ राख्नुभयो ।

संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले हाप्किडो सबैले खेल्ने र सबैले बुझ्न सक्ने खेल भएको बताउनुभयो । आत्मसुरक्षाका लागि हाप्किडो आवश्यक रहेको भएको भन्दै उहाँले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन समेत हाप्किडोको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । हाप्किडोलाई शिक्षाको प्रमुख आधार बनाउने अभियानमा आफूहरू रहेको घर्तीमगरको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, हाप्किडोका कास्की जिल्ला अध्यक्ष मदन जिसीले हाप्किडो खेलको विकासका लागि संघले खेलेको भूमिकाका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button