मोटरसाइकलको ठक्करबाट बृद्धा घाइते, मणिपालमा उपचार हुँदै

पोखरा न्यूज । मोटरसाइकलको ठक्करबाट एक  बृद्धा महिला  घाइते भएकी छन् ।

शनिबार दमौलीतर्फ आउँदै गरेको ग १ प १५१६ नं को मोटरसाइकलले ठक्कर तनहुँ व्यास- १० स्थित डिगाँउमा ठक्कर दिँदा स्थानीय ७० वर्षीया लक्ष्मी दराई घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

थिङका अनुसार घाइते महिलाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button