स्याङजामा डसना उद्योगमा आगलागी

पोखरा न्यूज । स्याङजामा एक सिरक डसना उद्योगमा आगलागी भएको छ ।

शनिबार दिउसो करीब १२:३० बजे स्याङ्जाको वालिङ नगरपालिका-१० भकुण्डे स्थित सिरक डसना उद्योगमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

स्थानीय टिकाराम पाण्डेले सञ्चालन गरेको उद्योगमा आगलागी हुँदा ११ लाख बराबरका सम्पूर्ण सामानहरू जलेर नष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button