पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा शनिबार थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार ५ सय ४१ जनाको पीसीआर गरिएकोमा १ सय ४१ जना पुरुष र ९१ जना महिला गरी जम्मा २ सय ३२ जनामा नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ८६ निको भएसँगै निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९४ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा १ सय ५८ जना रहेका छन् भने ३ हजार ४ सय ५२ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button