भारतमा कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको दर ९६.८२ प्रतिशत

पोखरा न्यूज । भारतमा कोभिड–१९ सङ्क्रमणपछि निको हुने विरामीको दर ९६.८२ प्रतिशत रहेको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।

अहिलेसम्म भारतमा कूल एक करोड तीन लाख ८३८ कोभिड–१९ सङ्क्रमित विरामी निको भई घर फर्किएका छन् भने एक लाख ८५ हजार ६६२ विरामी स्वास्थ्यकर्मीको निगरानीमा रहेका मन्त्रालयले उल्लेख गरेको छ ।

कोभिड–१९ सङ्क्रमितहरू निको भई घर फर्किने क्रम निरन्तर बढिरहेकोले देशमा सक्रिय सङ्क्रमितका सङ्ख्यामा पनि कमी आएको छ । भारतभर विगत २४ घण्टामा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १४२५६ रहेको छ । यो अवधिमा निको भई घर फर्किने विरामीको सङ्ख्या १७ हजार १३० रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button