सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकारको अवार्ड विश्वकीर्तिमानी गीतकार डा. डीआलाई

पोखरा न्यूज । विभिन्न गीतबाट ३२ वल्र्ड रेकर्ड राख्न सफल डा. डीआर उपाध्यायलाई सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकारको अवार्ड प्रदान गरिएको छ ।

विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा राजधानीमा सम्पन्न ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’मा उपाध्यायलाई सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकारको अवार्ड प्रदान गरिएको हो । उहाँले छोरी विदाई गर्दाको गीत ‘आफ्नै छातीबाट ढुकढुकी टाढा हुने बेला भो’बाट उक्त अवार्ड चुम्न सफल हुनुभएको हो ।

अवार्ड समारोहमा बरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान र पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रंग पत्रकारिता सम्मान प्रदान गरिएको बताइएको छ ।

कला क्षेत्रका विशिष्ट व्यक्तित्वहरू अतिथि रहेको सो अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छाकान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ-३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकार जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड संगीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ)लाई अवार्ड प्रदान गरिएको थियो । यस्तै विभिन्न विधाका तीन दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थिया

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button