पोखरामा लागुऔषधसहित दुई युवा पक्राउ

पोखरा न्यूज । पोखराबाट ठूलो मात्रामा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् ।

पोखरा-५ जिरो किलो मिटरबाट शनिबार लागुऔषधसहित दुई युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कपिलवस्तु विजयनगर गाउँपालिका-१ घर भई पोखरा-१६ केआईसिंहपुल बस्ने २२ वर्षीय अर्जुन घर्तीमगर र स्याङ्जा पुतलीबजार नगरपालिका-१४ घरभई पोखरा–१६ केआईसिंहपुल बस्दै आएका २२ वर्षीय २२ वर्षीय सफल ढकाल रहेका छन् ।

पोखराको जिरो किलो मिटरमा चेकजाँच गर्दा उनीहरुले झुण्डाई हिंडिरहेको जेब्रा झोलाबाट लागुऔषध गाँजा चार केजी, मोवाइल २ थान र नगद तीन हजार एक सय रुपैयाँ बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले दिनुभयो । उनीहरुलाई लागुऔषध सम्बन्धी कसूर अन्तरगत मुद्दा दर्तागरी अनुसन्धान शुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button