लागुऔषधसहित नवलपुरबाट तीन युवा पक्राउ

पोखरा न्यूज । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको विनय त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारबाट लागुऔषधसहित तीन युवा पक्राउ परेका छन् ।

सुनौलबाट पोखरा आउदै गरेको ग१ख ४०३४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार कास्की जिल्ला पोखरा-६ बैदाम निवासी १९ वर्षीय विशेक परियार, पोखकाकै १९ वर्षीय रहन सुनार र नवलपुर मध्यबिन्दु नगरपालिका-७ का १९ वर्षीय आकाश गुरुङ लागुऔषधसहित पक्राउ परेका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार परियारले बोकेको झोलाबाट नुर्फिन ४६ एम्पुल, फेनरागन ४६ एम्पुल, डाइजापाम ४६ एम्पुल बरामद भएको छ । त्यस्तै १९ वर्षीय रहन सुनारले बोकेको झोलाबाट नुर्फिन ५० एम्पुल, फेनरागन ५० एम्पुल, डाइजापाम ५० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नवलपुर मध्यबिन्दु नगरपालिका-७ निवासी १९ वर्षीय आकाश गुरुङले बोकेको झोलाबाट चरेस जस्तो देखिने ४ पुरिया अर्थात १९.६६ ग्राम लागुऔषध र सुकेको गाँजा ८१.५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button