‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रम हुँदै

पर्यटन र चलचित्र क्षेत्रबिच सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने अपेक्षा

पोखरा न्यूज । चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको आयोजनामा सिनेमा संवाद कार्यक्रम हुने तय भएको छ । माघ १२ र १३ गते आयोजना हुने दुई दिने सिनेमा संवाद कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने सुन्दर गाउँ घान्द्रुकमा हुनेछ ।

‘सिनेमा संवाद एट घान्द्रुक’ शीर्षकमा हुने कार्यक्रम अन्तर्गत दुई बहस कार्यक्रम हुनेछ । माघ १३ गते बिहान ११ बजेदेखि मध्यान्ह साढे १२:३० बजेसम्म ‘सिनेमा टुरिजम सम्बन्ध र सम्भावना’ विषयमा बहस चल्नेछ । यो बहस कार्यक्रम चलचित्र र पर्यटन क्षेत्रको अहिलेसम्मको सम्बन्धसँगै भविष्यका सम्भावनाका बारेमा खोजी हुनेछ । बहस कार्यक्रममा नेपाली चलचित्रका कलाकार विजय लामा, निर्देशक सुदर्शन थापा तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई वक्ताको रूपमा रहनुहुनेछ । जसमा सहजकर्ताको रूपमा पत्रकार वासुदेव मिश्र रहनुहुनेछ ।

यो कार्यक्रमले पर्यटन क्षेत्र र चलचित्र क्षेत्रबिच सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले गरेको छ । यसै गरी सोही दिन मध्यान्न १२:४५ बजेदेखि दिउँसो २:१५ बजेसम्म ‘सिनेमा साहित्य : सम्बन्ध र सम्भावना’ विषयमा बहस गरिनेछ । बहस कार्यक्रममा कवि भूषिता वशिष्ठ, साहित्यकार गणेश पौडेल, अभिनेता दीपकराज गिरी वक्ताको रूपमा रहनुहुनेछ । यो कार्यक्रमको सहजकर्ता कान्तिपुर एफएमका स्टेसन म्यानेजर समेत रहनुभएका चलचित्र निर्देशक तथा कलाकार दिनेश डिसी रहनुहुनेछ ।

‘हामीले अहिले साहित्यकार र चलचित्रकर्मी बिचको सम्बन्ध र आगामी दिनमा कसरी साझेदारी हुन सक्छ ? भनेर यो विषयमा अन्तर्क्रिया गर्ने निधो गरेका हौँ’ चलचित्र पत्रकार संघ नेपाल पोखरा शाखाका अध्यक्ष अरुण गिरीले भन्नुभयो ।
साहित्य सिर्जना र चलचित्र निर्माणको प्रभावशाली क्षेत्र पोखरा भएकाले समेत यो विषय रोजेका उहाँको भनाई छ । घान्द्रुकबाट चलचित्र, साहित्य र पर्यटनका विषयमा संवाद गरेर देशैभरि सकारात्मक सन्देश छर्ने प्रयास गरेको उहाँ बताउनुहुन्छ । संवाद कार्यक्रमलाई लाइभ तथा रेकर्ड गरेर सामाजिक सञ्जाल, युट्युब तथा टेलिभिजनबाट प्रसारण गर्ने आयोजकको तयारी छ ।

कार्यक्रममा अतिथि र पत्रकार गरेर झण्डै ४० जनाको सहभागिता हुने चलचित्र पत्रकार संघ कास्कीका सचिव प्रभु अधिकारीले बताउनुभयो । दुई दिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको उहाँको भनाई छ । घान्द्रुकबाट सुरु गरिने यो कार्यक्रम आगामी दिनमा गण्डकी प्रदेशका सुन्दर गाउँमा समेत पु¥याइने चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका निवर्तमान अध्यक्ष रेम विकले बताउनुभयो । ‘घान्द्रुकबाट सुरुवात हुने यो कार्यक्रमलाई हामी गण्डकी प्रदेशका अन्य सुन्दर गाउँमा पु¥याउने छौँ’ उहाँले भन्नुभयो ।

सिनेमा संवाद कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, अन्नपूर्ण गाउँपालिका, नेपाल टुरिजम बोर्ड, इसेवा, कुटी रिर्सोट एण्ड स्पा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन व्यवस्थापन समिति घान्द्रुक, परिचय एडभरटाइजिङ, गुरुङ चलचित्र शिरसुबा, अमृत लामा फाउन्डेसन घान्द्रुक, मूल आमा समूह घान्द्रुक र डाँडा गाउँ युवा परिवार घान्द्रुकले सहयोग रहेको छ ।
संवाद कार्यक्रमका सहभागीलाई रोधी क्लब घान्द्रुकले सांस्कृतिक कार्यक्रम मार्फत माघ १२ गते साँझ स्वागत गर्नेछ ।
चलचित्र पत्रकार संघ नेपाल रङ्ग क्षेत्रमा कलम चलाउने पत्रकारहरूको संस्था हो ।

संघ कास्की शाखाको २०६० सालमा भएको हो । शाखाको संस्थापक अध्यक्ष श्रीराम सिग्देल हुनुहुन्छ । त्यसपछि शिव शर्मा चञ्चल तथा रेम विकले संस्थाको नेतृत्वमा संस्था अगाडि बढेको थियो । संस्थामा हाल ४० भन्दा बढी सदस्य आबद्ध रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button