पोखरामा सुनका गहना चोरी गर्ने पर्वतका युवा पक्राउ

पोखरा न्यूज । पोखराका विभन्न ठाँउमा चोरी गरेका सुनका गहनासहित एक युवालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पर्वत जिल्ला कुश्मा नगरपालिका-११ घरभई पोखरा-२६ बिजयपुर बस्दै आएका २६ वर्षीय किशोर शर्मालाई चोरीका गहनासहित कास्की प्रहरीले माघ सात गते पोखराको पस्र्याङबाट पक्राउ गरेको हो । पोखरा-५ धारापानी मार्गमा डेरागरी बस्ने गीता भुजेलको डेरा कोठाको दराजको चाँवी फोरी माग ६ गते दराजभित्र रहेका औंठी, सिक्री, मंगलसुत्र लगायतका सामाग्री चोरी भएको सूचनाका आधारमा खोजी गर्ने क्रममा शर्मालाई चोरीका गहनासहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालका अनुसार शर्माले चोरी गरेका सुनका गहनाहरु छड्के तिलहरी १ थान, मंगलसूत्र १ थान, सानो तिलहरी १ थान, माइली तिलहरी १ थान, सानो मंगलसूत्र १ थान, छापे औंठी १ थान, सिक्री १ थान, मुन्द्रा १ थान, ग.१३ प ३७४७ नं को रातो स्कुटर १ थान, फलामको रड एक तान, मोवाइल २ थान बरामद गरिएको छ । शर्मामाथि डाँका चोरी सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button