आजको राशिफल : माघ-१२ गते सोमबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–माघ–१२, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको २४, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः द्वादशी घ.प. : ४०ः५९(२३ः१९), नक्षत्रः मृगशिरा(४६ः०), योगः ऐन्द्र, करणः बव, आनन्दादी योग : आनन्द

चन्द्रमाः वृष, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५६

सूर्यास्तः १७ः३८

आजको राशिफलः

मेष. तपाइको आजको दिन त्यति राम्रो मान्न सकिँदैन । सतर्कतापूर्वक काम गर्नुपर्ने देखिन्छ । आलस्ययताले सताउनेछ । साथीभाइबाट सतर्क हुनुपर्ने देखिन्छ । चोटपटकको सम्भावना देखिएकाले सावधानी अपनाउनुहोला ।

वृष. तपाइको आजको दिन राम्रो रहेको छ । काममा जस पाउनुहुनेछ । आफन्त तथा साथीभाइबाट सहयोग पाइनेछ । आत्मविश्वास बढेर जानेछ । अध्ययनमा रुचि बढ्दा तपाइको आजको दिन समग्रमा सफलताका साथ नै बित्नेछ ।

मिथुन. तपाइको आजको दिन सुखद तवरले बित्ने देखिन्छ । आम्दानीका श्रोतहरू बढेका छन् । उद्योग तथा व्यावसायिक क्षेत्रमा राम्रो रहेको छ । सबैको सहयोग मिल्नेछ । गरेका कामले जस पाउनेछन् ।

कर्कट. तपाइको आजको दिन राम्रो रहेको छ । मन प्रसन्न हुनेछ । आर्थिक तथा व्यावसायिक कारोबारमा सफलता मिल्नेछ । साधनबाट फाइदा फाइँदा अध्ययनमा सफलता प्राप्ति हुने समय रहेको छ ।

सिंह. तपाइको आजको दिन मध्यम रहेको छ । गरेका काममा आलस्ययता आउनेछ भएकाले पूर्ण नहुन पनि सक्छ । स्वास्थ्यमा समस्या आउनेछ आज तपाइको चतु¥याइले काम गर्ने सम्भावना नभएकाले विचार गर्नुपर्ने देखिन्छ ।

कन्या. तपाइको आजको दिन ठिकै देखिएको छ । तपाइको आजको दिनमा बाँकी रहेको उधारो कारोबार मिलाउन सक्ने सम्भावना छ । शत्रुहरूले पनि तपाइको साथ दिनेछन् । काममा नसोचेको सफलता प्राप्ति हुनेछ ।

तुला. तपाइले आजको दिन ठिकै रहेको छ । आजको दिनमा अपजस मात्र पाउने समय देखिएको छ । आफन्तले दिएका धोकाका कारण मनमा ठुलै ठेस लाग्नेछ । मनमा अनावश्यक सोचाइले सताउनेछ भने शारीरिक थकानको महसुस हुनेछ ।

वृश्चिक. तपाइको आजको दिन सुखद पूर्वक नै व्यतीत हुने देखिन्छ । स्वास्थ्य प्रबल हुनेछ । आर्थिक कारोबारमा सफलता प्राप्ति हुँदा आफन्तजनबाट समेत सहयोग मिल्नेछ । मन शान्त हुनेछ । मन दृढ हुनेछ ।

धनु. तपाइको आजको दिन ठिकै रहेको छ । आलस्ययता पनले नै गर्दा दिन नै असन्तोषका साथ बित्नेछ । इष्टमित्र तथा साथीभाइबाट सहयोगको आशा नगर्दा नै उत्तम हुनेछ । आफ्नो काम आफैले गर्दा आनन्द हुनेछ । अशान्तिपनले सताउनेछ ।

मकर. तपाइको आजको दिन राम्रो रहेको छ । रोजगारीको अवसर सृजना हुनेछन् । सुखद यात्राको अवसर आउने छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन् ।

कुम्भ. तपाइको आजको दिन सफलता र सुखद पूर्वक बित्नेछ भने आत्मबल समेत बढेर जानेछ । आँटेका काममा सफलता पाइनेछ । अध्ययनमा रुचि बढ्ने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ भने सबैको राम्रो सहयोग मिल्नेछ ।

मीन. तपाइको दिन आजको लागि राम्रो रहेको छ । हरेका काममा सफलता प्राप्तिको योग रहेको छ । आजको दिनमा पद प्रतिष्ठाको बढ्नेछ । साथीभाइको सहयोगले अधुरा कामले पूर्णता पाउनेछन् । मनमा शान्ति मिल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button