नवलपुरका मुसहरलाई विछ्याउन वितरण

पोखरा न्यूज । नवलपुर जिल्लाको मुसहर बस्तीका ४० घर परिवारलाई न्यानो विछ्याउना वितरण गरिएको छ ।

कावासोती नगरपालिका-१३ कुशनहरीका मुसहरलाई पोखरा हार्डवयर एशोसियसन कास्कीको टोलीले न्यानो विछ्याउना वितरण गरेको हो । ४० घर परिवारलाई डसना,फाइवर सिरक, खोल, झुल, तन्ना, सिरानीसहितको वितरण गरिएको हो । एक लाख ५० हजार मूल्य बराबरको न्यानो विछ्याउना वितरण गरिएको पोखरा एशोसिएसन कास्कीका अध्यक्ष शेषकान्त ढकालले जानकारी दिनुभयो ।

चिसो मौसमसंगै चलेको सितलहरको मारमा परेको मुसहर परिवारलाई राहत महशुस होस भनेर नै त्यस्तो कपडा वितरण गरिएको जानकारी ढकालले बताउनुभयो । एशोसियसनका कार्यसमिति सदस्य र सल्लाहकार गरी २९ जना व्यवसायीले व्यक्तिगत रुपमा संकलनबाट ती सामाग्री वितरण गरिएको वताइएको छ । कार्यक्रममा नवलपरासी वर्दघाट सुस्ता पूर्वका प्रशासकीय अधिकृत आनन्दप्रसाद भुषालले जल तथा जंगलमा आश्रित विपन्न तथा असहाय परिवारलाई न्यानो विछ्याउना वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व पूरा गरेको बताउनुभयो ।

कावासोती नगरपालिका-१३ का वडाअध्यक्ष बिनोद रानामगरले विपन्न वस्तीका वासिन्दाको जीवन रक्षाका लागि महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । संस्थाका बरिष्ठ सल्लाहकार रामचन्द्र थापा, कार्यक्रम संयोजक अर्जुन बहादुर थापा, महासचिव कृष्णप्रसाद कोइराला लगायतले राहत वितरण गर्दै मानवीय सेवा सवै भन्दा ठूलो धर्म भएको धारणा राख्नुभएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button