आजको राशिफल : माघ १४ गते बुधबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–माघ–१४, बुधबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको २६, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः चतुर्दशी घ.प.ः४४ः५१(२४ः५१), नक्षत्रः पुनर्वसु(५२ः१७), योगः विष कुम्भ, करणः गर, आनन्दादी योग ः चर

चन्द्रमाः मिथुन, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५५

सूर्यास्तः १७ः३९

आजको राशिफलः

मेष। तपाइको आजको दिनचर्या सुखमय तवरले बित्नेछ । अध्ययनमा रुचि बढेर जानेछ। कहीँ कतै आफ्नो प्रतिभाको कमी हुने छैन।धेरै व्यक्तिको सहयोग पाइनेछ । लामो यात्रा गर्नुपर्ने योग रहेको छ। नयाँ नयाँ मित्रहरू बन्नेछन् ।सहयोग र सहकार्यको विकास हुनेछ।

वृष ।तपाइको आजको त्यति राम्रो देखिँदैन । मनमा अनेक प्रकारका शङ्का उपशङ्का उत्पन्न हुँदा मानसिक तवरले सताउने देखिन्छ । इष्टमित्र तथा आफन्तसँग विवाद बढ्न सक्ने भएकाले सावधानी अपनाउनु नै उत्तम हुनेछ।कसैको बोलीको प्रभावमा नपर्नुहोला । जस भन्दा पनि अपजस खेप्नुपर्ने योग रहेको छ ।

मिथुन। घरपरिवार तथा साथीभाइको मिलनले तपाइको आजको दिन खुसीमय तवरमा बित्ने देखिन्छ । भौतिक सुख सुविधाको वातावरण बन्नेछ। साथीभाइको सहकार्यले उचित काम बन्नेछ । राजनीतिक तथा सामाजिक काम कार्यमा मन जानेछ। परिस्थिति अनुरूप काम सफल गराउन पाइने योग रहेको छ।

कर्कट।खोचेअनुसारका काम बन्दा दिन सफलतापूर्वक बित्ने देखिन्छ । अधुरा काम कारोबारमा पूर्ण सफलता मिल्नेछ।नयाँ नयाँ काम कारोबार समेत अवसर जुट्नेछ।व्यापार व्यवसायमा सोचेअनुरूप सफलता मिल्नेछ । शारीरिक तथा मानसिक रूपमा फुर्ती बढ्नेछ।आर्थिक उन्नति हुँदै जाँदा समग्रमा सन्तोषपूर्वक दिन व्यतीत हुनेछ ।

सिंह ।तपाइको दिन राम्रो रहेको छ । मनमा आँट र साहस को वृद्धि हुने देखिन्छ । परिवारमा खुसीयाली तथा रमाइलो हुनेछ । सुख सौभाग्य अवसर प्राप्त हुँदै जानेछन् ।घर परिवार तथा आफन्तको सहयोगमा महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। जो कोहीबाट पनि आर्थिक लाभ लिन सकिनेछ।

कन्या।तपाइको आजको दिन राम्रो रहेको छैन । ग्रह उल्टो तरिकाले चल्न सक्ने हुँदा संयमित हुनुहोला। आफूले गर्नुपर्ने काममा ध्यान नपुर्याउदा अरूले फाइदा लिन सक्नेछन् चनाखो रहनुहोला। सावधानी नअपनाउँदा तपाइले गर्ने काम कारोबारमा ढिलासुस्ती हुन सक्नेछ ।

तुला। तपाइको आजको दिन राम्रै तवरले बित्ने देखिन्छ।मेलमिलाप तथा आपसी समझदारीमा काम कारोबार सम्पन्न हुनेछन् ।आर्थिक लाभ राम्रो सँग लिन सकिनेछ । पढाई लेखाइमा रुचि बढेर जानेछ।उत्साह उमङ्ग बढेर जाने देखिन्छ।

वृश्चिक। तपाइको आजको दिन सन्तोषजनक रूपमा बित्नेछ । इमानदारीका साथ काम गर्दा सफलता हात लाग्नेछ । नयाँ व्यक्तिसँग सम्बन्ध अगाडी बढ्नेछ । सहयोगी भावना बढ्नेछ । परिस्थिति अनुसारको काम कारोबार हुने देखिन्छ। आफन्तजन, साथीभाइ तथा इष्टमित्रमा मेलमिलाप को भावना बढ्नेछ ।

धनु। आत्मबल तथा आत्मविश्वासमा वृद्धि तपाइले गरेका कार्य उत्कृष्ट तवरले सम्पन्न हुने देखिन्छ । आर्थिक पक्षमा राम्रै सफलता मिल्नेछ । उत्साह बढ्नेछ। उच्च तहका व्यक्तिबाट सहयोग पाइने हुँदा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ।

मकर। तपाइको आजको दिन राम्रो देखिँदैन । अरूको भरमा परेर कुनै पनि काम नगर्दै बेस हुने देखिन्छ । नजिकै आएको अवसर पनि गुम्न सक्नेछ । आफूले विश्वास गरेकै व्यक्तिबाट धोका मिल्नेछ । आफन्तबाटै धोका मिल्न सक्नेछ ।

कुम्भ। तपाइको आजको दिनमा राम्रा कार्यको सुरुवात हुनेछ। अपरिचित व्यक्तिको सहयोगले महत्त्वपूर्ण काममा सफलता प्राप्त हुनेछ ।राजनीतिक तथा सामाजिक भेटघाट हुनेछ ।सकारात्मक सोचाइ रहनेछ।काम प्रति लगाव तथा लगनशीलता रहनेछ।
मीन।आजको दिनमा तपाइका लागि प्रतिस्पर्धात्मक काम व्यवहारमा हात हाल्ने योग देखिन्छ। वाद विवादले मनमा अशान्ति छाउनेछ। सजग र शान्त रूपमा अगाडी बढ्नुपर्ने देखिन्छ । सञ्चित धनको नास हुन सक्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button