कतारको दोहा सहरले पायो विश्वकै दोस्रो सुरक्षित सहरको ताज

तिलु शर्मा पौडेल, कतार । कतारको दोहा सहर विश्वकै दोस्रो सुरक्षित सहर तथा राष्ट्रको रूपमा घोषित भएको छ । ग्लोबल क्राईम इन्डेक्स(नम्बिबो) ले विश्वका ४१३ सहरमा गरेको अध्ययन अनुसार कम अपराध हुनेको दर कायम गर्दै सुरक्षित राष्ट्र बनेको हो ।

इन्डेक्सको अध्ययन अनुसार विश्व बरीयतामा ८७.९६ अङ्क दोहाले पाएको हो । कतारको अपराध दर १२.४ अङ्क रहेको छ । प्रथम स्थानमा युएईको दुबई सहर परेको हो । दुबई सँगै ताइपे, क्युवेक सिटी, ज्युरिख, शारजाह, एस्किसेहिर, म्युनिक र ट्रिस्टे सुरक्षित १० सहरमा समावेश छ ।

कतार सन २०१५ मा नवौँ, २०१६ मा सातौँ, २०१७,१९, र २० मा पहिलो तथा २०१८ मा दोस्रो सुरक्षित राष्ट्र बनेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button