गोरखामा त्रिशुली नदी किनारमा पुरुषको शव भेटियो

पोखरा न्यूज । गोरखामा बुधबार पुरुष व्यक्तिको शव फेला परेको छ ।

गोरखा जिल्ला गण्डकी गाउँपालिका-७ धवादीघाट स्थित त्रिशुली नदी किनारको ढुङ्गामा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

मृत फेला परेका ती पुरुषको नामथर नखुलेको जानकारी प्रहरीले दिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button