आजको राशिफल : माघ १५ गते बिहीबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–माघ–१५, बिहीबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको २७, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः पूर्णिमा घ.प. : ४४ः५१(२४ः५१), नक्षत्रः तिष्य(५३ः३४), योगः प्रीति, करणः भद्रा, आनन्दादी योग : शुभ

चन्द्रमाः कर्कट, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५४

सूर्यास्तः १७ः४०

आजको राशिफलः

मेष. तपाइको आजको दिन उत्कृष्ट तवरले व्यतीत हुने देखिन्छ । राजनीतिक क्षेत्रमा सफलता हात पार्नुका साथै कुटुम्बबाट पनि साथ सहयोग रहनेछ । अध्ययनमा रुचि बढ्ने छ भने स्वास्थ्यले पनि तपाइलाई साथ दिने देखिन्छ ।

वृष. शिक्षा क्षेत्रमा सफलता मिल्दा जागिरमा समेत पदोन्नतिको प्रबल सम्भावना रहेको देखिन्छ । प्रेम सम्बन्ध सुमधुर रहँदा आय–आर्जनका लागि नयाँ–नयाँ श्रोतहरू फेला पर्ने समय भएकाले बुद्धिमताको प्रयोग गर्नुपर्ने देखिन्छ ।

मिथुन. तपाइको दिन कष्टमय तवरले व्यतीत हुने हुँदा आजको दिन सतर्कता अपनाउनु नै बुद्धिमानी हुनेछ । बोलीमा विचार पुर्‍याउनुहोला । नयाँ कार्यमा हात नहाल्दै उचित हुने देखिन्छ । आज तपाइको स्वास्थ्यले पनि साथ दिने देखिँदैन ।

कर्कट. तपाइको आजको दिन सुखपूर्वक बित्ने देखिन्छ । गरेका शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आफन्त तथा इष्टमित्रबाट सहयोग मिल्नेछ । मान–सम्मान प्राप्त गर्नुहुनेछ भने मनोरञ्जनात्मक यात्राको सुखद अवसर आउनेछ ।

सिंह. बुद्धिपूर्वक गरेको कार्य तपाइको लागि आजको दिनमा फलदायी हुने देखिन्छ । नयाँ काम हात लाग्ने देखिन्छ । कठिन काम पनि सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । चाहेको कुरालाई पुरा सक्ने अवसर रहेको योग देखिन्छ ।

कन्या. नेतृत्वको अवसर आउनेछ । व्यापार व्यवसायले तपाइलाई सन्तुष्ट बनाउने देखिन्छ । नाम र दाम दुवैले तपाइलाई पच्छ्याउने देखिन्छ । मान्यजनको सहयोगले तपाइका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

तुला. तपाइको दिन आजको लागि राम्रो छैन । आएका अवसरहरू पनि व्यर्थमा खेर जाने प्रबल सम्भावना देखिन्छ । आफन्त, इष्टमित्र तथा नजिकको व्यक्तिबाट धोका पाउने योग रहेकाले तपाइले आजको दिन सावधानीपूर्वक बिताउनुपर्ने देखिन्छ ।

वृश्चिक. तपाइको लागि आजको दिन राम्रो रहेको छ । यात्राका क्रममा मान सम्मान मिल्नेछ भने मिष्टान्न भोजनको अवसर जुट्नेछ । आर्थिक क्षेत्र सबल रहने हुँदा आजको दिनमा तपाइले गरेका सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

धनु. व्यापार व्यवसायबाट मनग्य आम्दानी हुने देखिन्छ । शिक्षाको क्षेत्रमा सोचे जति सफलता प्राप्ति हुनेछ । रोजगारका अवसरहरू जुट्नेछन् । सबैको सहयोगले तपाइको हौसला बढ्ने देखिन्छ ।

मकर. सन्तानबाट सुख प्राप्तिको योग रहेको छ । धन–धानबाट सन्तुष्टि प्राप्ति गर्नुहुनेछ । नयाँ–नयाँ उपहारहरू प्राप्त गर्ने सु–अवसर रहेको छ । रोकिएका काम कारबाही पनि सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

कुम्भ. तपाइको आजको दिनमा घाटा मात्रको सम्झौता हुने भएकाले सावधानी अपनाउनुहोला । आर्थिक क्षेत्र कमजोर रहेकाले सतर्कताका साथ काम गर्नुपर्ने देखिन्छ । बोलीमा विचार पुर्‍याउनुहोला । नयाँ काममा हात नहाल्दा नै बेस हुनेछ ।

मीन. तपाइको आजको दिन राम्रो रहेको छ । राजनीतिक तथा सामाजिक काममा सफलता प्राप्तिको योग रहेको छ । मुद्दा मामिलामा तपाइको जित हुने देखिन्छ । गरेका कार्यहरू सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । रोजगारका अवसरहरू प्राप्त गर्ने योग तपाइमा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button