आजको राशिफल : माघ १६ गते शुक्रबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा ।  आज मितिः २०७७–माघ–१६, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको २८, २०२१, माघकृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः प्रतिपदा घ.प. : ४३ः३५(२४ः२०), नक्षत्रः अश्लेषा(५३ः३९), योगः आयुष्मान्, करणः बालव, आनन्दादी योग : मृत्यु

चन्द्रमाः कर्कट, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५४

सूर्यास्तः १७ः४१

आजको राशिफलः

मेष. तपाइको आजको दिन सुखद तवरले नै बित्ने देखिएको छ । आफन्तजन तथा साथीभाइसँग भावनाको सम्बन्धमा प्रगाढ हुनेछ । स्वास्थ्य राम्रो रहेको छ । व्यापार व्यवसायमा सफलता प्राप्ति हुँदा सबैको सहयोग पाउनुहुने देखिन्छ ।

वृष. तपाइको आजको दिनमा परिश्रम गर्दा राम्रो प्रतिफल पाउने देखिन्छ । मान सम्मान प्राप्त गर्ने दिन रहँदा गरेका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन् । अध्ययनमा रुचि बढ्नेछ । मान सम्मान प्राप्त हुने योग रहेको छ ।

मिथुन. तपाइको आजको दिन त्यति राम्रो छैन । आफन्त तथा इष्टमित्रबाट नै धोका हुने देखिन्छ । नयाँ काममा हात नहाल्नु नै बेस हुनेछ ।मनमा नैराश्यता छाउनेछ । नयाँ यात्रा नगर्दा नै उत्तम हुनेछ ।

कर्कट. तपाइको आजको दिनचर्या सुखमय तवरले बित्ने देखिन्छ । अध्ययनमा प्रगति हुनेछ । सबैको साथ र सहयोग प्राप्त हुँदा हौसला बढ्नेछ । आर्थिक तथा व्यापारबाट राम्रै हुनेछ । महत्त्वपूर्ण कार्य सम्पन्न हुने योग रहेको छ ।

सिंह. व्यवसायबाट राम्रो प्रगति हुने दिन रहेको छ । घरपरिवारको साथ सहयोगले गरेका कार्यहरू सहजरुपमा सम्पन्न हुने देखिन्छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । नयाँ कार्य गर्नका लागि मन जाने देखिन्छ ।

कन्या. चारैतर्फबाट मान सम्मानको योग रहेको छ । मनोरञ्जनात्मक यात्रा हुने देखिन्छ । मन प्रफुल्लताका साथ दिन व्यतीत हुनेछ । गरेका कामको सबैतिरबाट जस प्राप्ति हुनेछ । मन परेको सामाग्री उपहारको रूपमा पाइनेछ ।

तुला. तपाइको आजको दिन त्यति राम्रो भन्न सकिँदैन । झैझगडाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउनुपर्ने हुन्छ । नयाँ काममा हात नहाल्दा राम्रो हुनेछ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने हुँदा बोलिला सजगता अपनाउनुपर्ने देखिन्छ ।

वृश्चिक. उचित प्रतिफल प्राप्त गर्ने हुँदा तपाइले गरेको व्यापार व्यवसायले खुसी दिने देखिन्छ । नयाँ–नयाँ कामका अवसरहरू प्राप्त हुनेछ । भोजन प्राप्तिको योग रहेको छ । मानसम्मानपूर्वक नै तपाइको दिन व्यतीत हुने देखिन्छ ।

धनु.नसोचेको क्षेत्रबाट आर्थिक उपलब्धि हुने देखिन्छ । गरेका कार्यबाट जस प्राप्ति हुनेछ । सबैतिरबाट वाहवाहको प्रशंसा पाइनेछ । अध्ययनमा रुचि बढ्नेछ । नयाँ यात्राको प्रबल सम्भावना रहेको देखिन्छ ।

मकर. तपाइले गरेको काम सोचे अनुरूपमा नै सम्पन्न हुनेछ । आर्थिक लाभ हुनेछ । गरेका कारोबारबाट प्रगति नै हुने भने साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ । मन प्रफुल्ल हुनेछ भने काममा सन्तुष्टि मिल्नेछ ।

कुम्भ. चोटपटकको सम्भावना रहेकाले सावधानी अपनाएर नै अघि बढ्नुपर्ने देखिन्छ । तपाइको आजको दिनमा जस नपाउने हुँदा बोलिला होसियारी अपनाउनुपर्ने देखिन्छ । आर्थिक कारोबार गर्दा ध्यान पुर्याउदै सावधानीपूर्वक रहनुपर्ने देखिन्छ ।

मीन. मिष्टान्न भोजनको योग रहेको छ । मान–सम्मान पाइनेछ भने अध्ययनमा रुचि देखिन्छ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । नयाँ क्षेत्रमा मन जानेछ । समग्रमा तपाइको आजको दिन सुखद रूपमा बित्ने योग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button