आज गण्डकी प्रदेशमा ३ हजार बढीले लगाए खोप

पोखरा न्यूज । गण्डकी प्रदेशमा शुक्रबारसम्म ७ हजार ८९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज ३ हजार १६५ जनाले खोप लगाएका छन् । हिजोसम्म प्रदेशमा ४ हजार ७२७ जनाले लगाएका थिए ।

कास्की जिल्लामा आज १ हजार १९५ जनाले खोप लगाएका छन् । त्यसैगरी गोरखामा आज २६९ जना, तनहुँमा २२० जना, नवलपुरमा २२० जना, पर्वतमा २२० जना, बाग्लुङमा ३३१ ज्ना, मनाङमा १० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । मुस्ताङमा ४९ जना, म्याग्दीमा १३२ जना, लमजुङमा २३९ जना र स्याङ्जामा २६५ जनाले खोप लगाएका छन् । हिजोसम्म कास्कीमा २ हजार ३१, गोरखामा २४८ जना, तनहुँमा ३१३, नवलपुरमा ३८० जना, पर्वतमा २६५ जना, बाग्लुङमा २९५ जना, मनाङमा १०० जना, मुस्ताङमा ५७ जना, म्याग्दीमा १८० जना, लमजुङमा ५४५ र स्याङ्जामा ३२२ जनाले खोप लगाएका थिए ।

प्रदेशमा कोरोना विरुद्धको खोप लगाउने कुल लक्ष्य १७ हजार ३९६ जना रहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । शुक्रबारसम्म ४५.३७ प्रतीशत प्रगति भएको डा शर्माको भनाइ छ ।

भारत सरकारको सहयोगमा ल्याइएको  १० लाख मात्रा खोप बुधबारदेखि देशभरी नै दिइन थालिएसँगै गण्डकी प्रदेशमा पनि शुरु गरिएकाे थियाे । खोप सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल, १२० भन्दाबढी खोप केन्द्र र ७७ जिल्लाका ३०० वटा खोपकेन्द्रमार्फत खोप प्रदान गरिएकाे छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मी छन् ।
खोपको मात्रा ०।५ मिलिलिटर प्रदान गरिन्छ । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइनेछ । खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर मासुभित्र दिइन्छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button