पोखरामा १० सहित गण्डकीमा ११ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा १० जना सहित गण्डकी प्रदेशमा शनिवार दिउँसो थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष, २ का १ महिला, ३ का १ पुरुष, ४ की १ महिला, ५ का १ पुरुष, ६ का १ पुरुष, ९ का १ पुरुष, १० की १ महिला। १६ का १ पुरुष रहेका छन् ।

त्यस्तै म्याग्दी बेनीकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय १७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button