गण्डकीमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १० हजार नाघ्यो

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या १० हजार २सय ५५ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य स्वास्थ्य निर्देशनालयका अनुसार कास्की जिल्लामा ४ हजार १ सय ४ जना, गोरखामा ७ सय ७, तनहुँमा ७ सय ८, नवलसुरमा ७ सय ३०, पर्वतमा ६ सय ४५, बागलुङमा ८ सय १८, मनाङमा १ सय २६, मुस्ताङमा १ सय ३९, म्याग्दीमा ४ सय १३, लमजुङमा १ हजार ४, स्याङजामा ८ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

तीन दिनको समयमा गण्डकीका ११ जिल्लामा १० हजार २ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । कोरोना विरुद्धको खोप लगाउनेहरुमा कुनै जटिल समस्या नआएको जानकारी गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button