बेलायतद्वारा हङकङका बेलायती नागरिकलाई भिसा दिने घोषणा

पोखरा न्यूज । बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ ।

हङकङ छाड्न चाहने व्यक्तिका लागि बेलायतले पछिल्लो अवसर दिएसँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिक (विदेश) को मान्यता पाएका हङकङका ठूलो संख्याका नागरिकले आवेदन दिन थालेका छन् ।

आइतबार अपराह्नदेखि बेलायती नागरिक (विदेश) पासपोर्ट भएका व्यक्ति र उनीहरुका आश्रित व्यक्तिले भिसाका लागि अनलाइन आवेदन गर्न सक्ने छन् । यस्ता व्यक्तिले पाँच वर्षपछि बेलायतको स्थायी नागरिकताका लागि आवेदन गर्न सक्ने बेलायत सरकारले घोषणा गरेको छ ।

चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि धेरै व्यक्तिले हङकङ छाड्न चाहेपछि बेलायतले पूर्व बेलायती नागरिकलाई यस्तो अवसर दिएको हो । बेलायतको पछिल्लो कदमपछि चीन अझ आक्रोशित भएको छ ।

बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गर्दा अरु ५० वर्ष हङकङको स्वायत्तता कायम राख्ने चीनले प्रतिबद्धता जनाएको थियो । तर बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हङकङमा सन् १९९७ अघि रहेका नागरिकप्रति बेलायतको विशेष जिम्मेवारी र दायित्व रहने बताउँदै उनीहरुको स्वतन्त्रता र स्वायत्तताका पक्षमा बेलायत सदैव उभिइरहने प्रबितद्धता व्यक्त गर्नु भएको छ ।

चीनले भने बेलायतले हङकङका नागरिकलाई भिसा प्रदान गर्ने घोषणा गरेकाप्रति आपत्ति जनाएको छ । बेलायती नागरिक (विदेश) वर्गीकरणमा रहेर पासपोर्ट बाहक हङकङका नागरिकले यसका आधारमा यात्रा अनुमति नदिने चीनले जनाएको छ ।

चीनले बेलायतको पछिल्लो घोषणा औपनिवेशिक मानसिकताबाट ग्रस्त रहेको स्पष्ट गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button