नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा बुधबार थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार ५ सय ९७ जनाको पीसीआर गरिएकोमा ९० जना पुरुष र ५२ जना महिला गरी जम्मा १ सय ४२ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ६ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६७ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button