गोरखाको दुर्गम गाउँका स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको खोप लगाउन हेलिकप्टर प्रयोग

पोखरा न्यूज । गोरखा जिल्लाको बिकट चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना बिरुद्धको खोप लगाउन हेलिकप्टरबाट स्वास्थ्यकर्मी खोप लिएर गएका छन् ।

गोरखा सदरमुकामबाट पैदल हिडेर तीन चार दिन लाग्ने चुमनुब्रीका स्वास्थ्यकर्मी गोरखा अस्पतालको खोप केन्द्रमा खोप लगाउन आउन नसकेपछि हेलिकप्टरमार्फत स्वास्थ्य टोली उनीहरुलाई खोप लगाउन बिहीबार त्यहाँ पुगेको हो ।

चुमनुब्री गाऊँपालिकाका फिलिममा १८ जना, चुम्लिंगमा २० जना र लिहीमा ३० जनालाई खोप लगाइने जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको छ । उनीहरु सिम्रिक एयरको हेलिकप्टरबाट त्यहाँ पुगेको र ढुवानीको खर्च कुनै गैर सरकारी संस्थाले गरेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button