गोरखामा ट्याक्सीको ठक्करबाट महिलाको मृत्यु

पोखरा न्यूज । गोरखा जिल्लामा शुक्रबार बिहान ट्याक्सीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

गोरखा-आरुघाट सडक खण्ड अन्तरगत गोरखा नगरपालिका-८ ढुकुरेखोलामा ग १ज ७४४७ नं को ट्याक्सीले बिहान १०.०० बजे ठक्कर दिँदा गोरखा-८ ढुंगागाडे निवासी ५८ वर्षीया निरमाया थापाको मृत्यु भएको हो ।

गोरखाबजारबाट बुङ्कोतर्फ जाँदै गरेको मनकामना प्रालिको उक्त नं को ट्याक्सीले सोही दिशातर्फ पैदलयात्र गर्दै गरेकी थापालाई ठक्कर दिएको हो । ट्याक्सीले ठक्कर दिई गम्भीर घाइते थापालाई उपचारका लागि  गोरखा अस्पताल ल्याइएको भएपनि चिकित्सकले १०.१० बजे नै मृत घोषणा गरेका थिए ।

प्रहरीले सवारी चालक र ट्याक्सीलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button