पोखरामा २३ सहित गण्डकी प्रदेशका ३२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पोखरामा २३ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउँसो थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष तथा १ महिला, ३ का १ पुरुष, ६ का २ पुरुष, ७ का १ पुरुष तथा १ महिला, ११ का ४ पुरुष तथा ४ महिला, १३ का १ पुरुष, १४ की १ महिला, १५ का १ पुरुष, १६ का १ पुरुष, १७ का २ पुरुष, २७ की १ महिला रहेका छन् ।

त्यस्तै तनहुँ जिल्ला शुक्लागण्डकीका १ पुरुष, बागलुङ जिल्ला बागलुङ नगरपालिकाका ३ पुरुष तथा २ महिला, पर्वत जिल्ला फलेवासका २ पुरुष, म्याग्दी जिल्ला बेनी नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ६ सय ३९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button