नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३० जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा सोमबार थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ३३ पिसीआर परीक्षण गराउँदा ६९ पुरुष र ६१ महिला गरी जम्मा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ९४ निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button