पोखरामा २५ सहित गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा २५ सहित गण्डकी प्रदेशमा मंगलबार दिउँसो थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष,४ का १ पुरुष, ५ का २ पुरुष, ६ का २ पुरुष, ७ का १ पुरुष, ८ की १ महिला, ९ का २ पुरुष, १० की १ महिला, ११ का १ बालक, १२ का २ पुरुष, १३ का २ महिला, १४ का १ पुरुष, १५ की १ महिला, २७ की १ महिला, २९ का २ महिला, ३० का २ पुरुष, र ३१ का १ पुरुष रहेका छन् ।

त्यसैगरी कोरोना संक्रमण पुष्टि हुनेहरुमा बागलुङ जिल्ला बागलुङ नगरपालिकाका १ पुरुष तथा २ महिला, पर्वत जिल्ला कुश्मा नगरपालिकाका १ पुरुष तथा २ महिला , म्याग्दी मंगलाका १ महिला, स्याङ्जा कालिगण्डकीका १ पुरुष, आँधीखोलाकी १ महिला रहेका छन् । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार सात सय ३० जना पुगेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button