गोरु काटेको आरोपमा मुस्ताङबाट ५ जना पक्राउ

पोखरा न्यूज । मुस्ताङमा गोरु काटेको आरोपमा सोमबार पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थासाङ गाँउपालिका-४ घाँसा निवासी २६ वर्षीय अर्पण श्रेष्ठ, सोही ठाँउ निवासी ५३ वर्षीय लालबहादुर श्रेष्ठ, ३७ वर्षीय  सनिश  श्रेष्ठ, पहिरो थाप्ला निवासी १३ वर्षीय निश्चल विक. र ३७ वर्षीय पूर्ण विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार अर्पण श्रेष्ठको घरमा राति १०.०० बजे गोरु काटिरहेको सूचनाका आधारमा उनीहरुलाई गोरुको टाउको र मासुसहित पक्राउ गरिएको हो । उनीहरु विरुद्ध आवश्यक कारवाही अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button