तनहुँमा ट्रकको ठक्करबाट युवा गम्भीर घाइते

पोखरा न्यूज । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको शुक्ला गण्डकी नगरपालिका–६ मिलडाँडामा बिहीबार बिहान मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवा गम्भीर घाइते भएका छन् ।

पोखराबाट दमौली तर्फ जाँदै गरेको ग१ख ६६१६ नं को मिनीट्रकले सोही दिशातर्फ जाँदै गरेको ग१७ प ७३७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार तनहुँ भिमाद नगरपालिका-३ का ३५ वर्षीय प्रकाश लम्साल गम्भीर घाइते हुनुभएको हो ।

लम्साललाई उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । मिनीट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button