पोखरामा १९ सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरामा १९ सहित गण्डकी प्रदेशमा बिहीबार दिउँसो थप २१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ६ का १ पुरुष, ७ का २ पुरुष तथा २ महिला, ८ का २ पुरुष तथा १ महिला, १० का १ पुरुष, ११ की १ महिला, १४ का १ पुरुष, ११ का १ पुरुष, १३ की १ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का १ पुरुष, २५ की १ महिला, २९ की १ महिला, ३१ क १ पुरुष रहेका छन् ।

त्यसैगरी स्याङजा जिल्ला पुतलीबजार नगरपालिकाका १ पुरुष, पर्वत जिल्ला कुश्मा नगरपालिकका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार सात सय ७७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button