तनहुँमा सवारी दुर्घटना दुई घाइते

पोखरा न्यूज । तनहुँमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

पृथ्वीराजमार्ग अन्तरगत शुक्लागण्डकी नगरपालिका-६ मिलडाँडामा लु३०प ९७८६ नं को मोटरसाइकल र ग८प ५५२५ नं को स्कुटर शुक्रबार बिहान ठोक्किदा दुई जना घइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक पाल्ला जिल्ला रामपुर नगरपालिका-२ निवासी १९ वर्षीय बलबहादुर थापा र स्कुटर चालक तनहुँ म्याग्दे गाउँपालिका-५ निवासी २५ वर्षीय देवेन्द्र पौडेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button