चेतन राईको नयाँ गीत ‘कहिले कतै’ सार्वजनिक

पोखरा न्यूज । गायक चेतन राईले नयाँ गीत ‘कहिले कतै’ सार्वजनिक गर्नुभएको छ । यो गीतमा आवाज, संगीत र रचना राईको नै हो । गीतको एरेन्ज दिवेश राईले गर्नुभएको छ ।

प्रणय दिवसको अवसरमा रिलिज गरिएको गीतलाई दर्शक श्रोताले रुचाउने राईको विश्वास छ । ‘यो मायाप्रेम सम्बन्धी गीत हो, सोही कारण प्रणय दिवसको अवसरमा सार्वजनिक गरे, पक्कै प्रेम गर्नेहरुको साथ पाउनेछु’ राईले भन्नुभयो ।

गीतको भिडियोमा प्रवीन राई र प्रियंका चौधरीको रोमान्स हेर्न पाइन्छ । भिडियोको निर्देशन, छायाकंन र सम्पादन फराज अर्पणले गर्नुभएको हो । गायक राईले गीतलाई आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट गीत रिलिज गर्नुभएको छ । यो गीत राईको तेस्रो एलबम ‘स्टेप’मा समाबेश हुनेछ । यस अगाडि नयाँ एलबममा समावेश हुने ‘मरेर के लानु छ’ सार्वजनिक गरिएको थियो ।

सल्यान जिल्लामा जन्मनुभएका गायक चेतन राई यतिबेला जापानमा हुनुहुन्छ । जापान रहँदासमेत फुर्सदको समयमा संगीत सिर्जनामानै उहाँ व्यस्त हुनुुहुन्छ । उहाँले पप तथा आधुनिक विधाका गीत गाउनुहुन्छ । उहाँको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उहाँलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाल्नुभयो । दुवै एलबमबाट पाएको दर्शकको मायाका कारण अहिले तेस्रो एलबमको तयारीमा उहाँ जुट्नु भएको हो । केही वर्षदेखि जापानमा बस्दै आउनुभएका गायक चेतन राईसँग नेपाल फर्किएर संगीतको क्षेत्रमा धेरै काम गर्ने हुटहुटी बाँकी नै रहेको बताउनुहुन्छ । गीत हेरेर तथा सुनेर प्रतिक्रिया दिन गायक राईको आग्रह छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button