नेपालबाट रुसमा लागूऔषध चरेश पठाउने पक्राउ

पोखरा न्यूज । नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर नगरपालिका-१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका-३ पुलचोकबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट अवैध लागूऔषध चरेश पठाउनेमा कीर्ति क्राफ्ट लिमिटेड काठमाडौं र पाउनेमा गोर्बचेना,(गोर्बाचेभा) इरिना निकोलाभाना, ८९ बिल्डिंग, बुलाट्निकोभस्काया स्ट्रीट, अर्पाट ४५ मस्को उल्लेख गरी रुस पठाएको धातुको डिब्बाहरु भित्रबाट उक्त चरेश बरामद भएको थियो ।

उक्त घटनामा अवैध लागूऔषध र लागूपदार्थको तस्करी मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा पत्र पाप्त भएपश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त व्यूरोबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न राउतलाई ललितपुर, ललितपुर महानगरपालिका-३ पुलचोकमा फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button