गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८४८ पुगेको छ । मंगलबार दिउँसो थप १६ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशभर संक्रमितको संख्या बढेको हो ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाको वडा नं ३ मा १ जना महिला र १ जना पुरुष, वडा नं ८ का २ जना पुरुष, वडा नं १२ का २ जना महिला र १ जना पुरुष, वडा नं १४ का १ जना महिला, वडा नं १९ का १ जना पुरुष, वडा नं २० का १ जना पुरुष र वडा नं ३० का १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ का १ जना महिला, म्याग्दीको मंगला गाँउपालिकाको वडा नं ६ का १ जना पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाको वडा नं ३ का १ जना पुरुषमा संक्रमण देखिएको छ ।

९ जना संक्रमितहरुको लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो । ५ जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको र उहाँहरुको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको थियो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button