भिडियोमनोरन्जनसमाचार

सुजन ‘खलासी’मा देखिए

पोखरा न्यूज । रङ्गकर्मी सुजन खतिवडा र्याप गीत ‘खलासी’मा देखिएका छन् । ‘मेरो नाम चाहिँ खलासी’ बोलको गीतमा र्यापर प्रोस्टेनको आवाज रहेको छ । अमेरिका रहेर नेपाली हिपप संगीतलाई हुर्काइरहेका प्रोस्टेनले डेढ वर्षअघि रचना गरेर गाएको उक्त गीतको बाँकी काम लकडाउनले गर्दा रोकिएको थियो ।

भक्तपुर स्थायी घर भएका २३ वर्षीय प्रशान्त पराजुली अहिले अमेरिकाको डल्लासमा छन् । उनले २०१९ पहिलो गीत ‘गारो छ सोल्टी’ ल्याएका थिए जसमा अध्ययनका लागि विदेशिएका विद्यार्थीको संघर्षको कथा सुन्न पाइन्छ । उनले ‘भिसिट नेपाल २०२०’, ‘यात्रा’ लगायतका गीत गाएका छन् ।

नेपाली संगीतलाई हलिउडमा चिनाउन चाहने उनी खलासी पात्र मार्फत् आवाजविहीनहरुको आवाजलाई उठाउन चाहन्छन् । गीतले खलासी पेसाप्रतिको मानिसको परम्परागत कमजोर धारणामा परिवर्तन आउने उनको विश्वास छ । गीतको म्युजिक भिडियोमा खतिवडाको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ । गीतमा खलासी पेसा सम्मान गर्न लायक भए पनि नेपाली समाजमा यसलाई अपमान गरिने वास्तविकतालाई उजागर गरिएको छ ।

खलासी पेशालाई प्रतिनिधित्व गर्दै यही कथावस्तुलाई शब्द तथा दृष्यमा उतारिएको खतिवडाले बताए । धादिङ गल्छी–३ छाँगेटारका सुजन केही वर्षदेखि रंगकर्मीको परिचय बनाइरहेका छन् ।बिएसडब्लुमा स्नातक तहमा अध्ययन गरिरहेका उनी अनामनगरमा रहेको मण्डला थिएटरमा अभिनय सिकिरहेका छन् । आफ्नो पहिलो भिडियो ‘खलासी’मा काम गर्दा यो पेशालाई नजिकबाट नियालेको र अभिनयमा अभिव्यक्त गर्ने प्रयास गरेको उनले अनुभव सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button