पोखरामा कोरोना संक्रमणबाट एक पुरुषको निधन

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणका कारण एक पुरुषको निधन भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं ११ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार उहाँको बुधबार राती पौने ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारकै क्रममा निधन भएको हो ।

गत माघ २९ गते कोरोना संक्रमण पुष्टि भएका  उहाँमा कोभिड न्यूमोनिया, मधुमेह र उच्च रक्तचाप लगायतका समस्या रहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यो सँगै  प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २०५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button