कास्कीगण्डकीमनोरन्जनसमाचार

रेस्लिङको फोटो बेचेर हलमा फिल्म हेर्न जान्थे : सोभित बस्याल

सुटिङ हेर्न पाइन्छ भनेर प्याज काखीमा राखेर सुते, तर ज्वरो नै आएन

पोखरा न्यूज । सोभित बस्याल पन्ध्र वर्षको उमेरमा ‘ब्यर्र्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी सांगीतिक क्षेत्रमा उदाएका कलाकार हुनुहुन्छ । उहाँले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गर्नुभयो । २०६३ मा ‘छुटिने बेला’ बोलको गीत रेकर्ड भयो । त्यसपछि उहाँमा एलबम निकाल्ने हुटहुटी मनमा आायो । अनि जन्मियो ‘न्यूरोड’ एलबम ।

पप प्याटर्नका दश गीत समावेश गरीएको यस एलबममा मनकामना, तिमी विना, कुन दुरी, जानीनौ, आउछेउकी, तिम्रोमाया, मायालु, जति टाढा, छुटीने बेला तथा पोखराको बारेमा वर्णन गर्दै मेरो पोखरा बोलको गीत समावेश थियो । केही वर्षको सांगीतिक यात्रापछि उहाँ सांगीतिक क्षेत्रबाट टाढिनु भयो ।

फेरी यो वर्ष उहाँ सांगीतिक क्षेत्रमा कमब्याक हुनुभयो । नौ वर्षपछि ‘खुशी फर्काइदेउन’ गीत कोरोना कहरको छेको पारेर सार्वजनिक उहाँले गर्नुभयो । सांगीतिक क्षेत्रमा मात्र हैन बस्याललाई फिल्म क्षेत्र प्रति औधी मोह छ । उहाँले पोखराबाट निर्माण गरीएको डिजिटल चलचित्र मार्केट र पापमा अभिनय गर्नुभएको थियो । पाप फिल्मको कथा समेत उहाँलेनै लेख्नुभयो । सोही फिल्मबाट राष्ट्रिय स्तरको डि-सिने अवार्डमा ‘सर्वोत्कृष्ट कथा अवार्ड’ उहाँले जित्नुभयो ।

बस्याललले २० वटा म्यूजिक भिडियो निर्देशनसमेत गरिसक्र्नु भएको छ । उहाँले अन्नपूर्ण म्यूजिक अवार्डमा वेस्ट म्यूजिक भिडियो अवार्ड जित्नुभएको थियो । पछिल्लो समयमा परिचय नेटवर्क मार्फत युवा व्यवसायीको परिचय बनाउनु भएका उहाँ परिचय एडभर्टाइजिङ प्रालिका सञ्चालक हुनुहुन्छ । यसपाली बस्यालसँग फिल्म क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईंले फिल्म कतिको हेर्नुहुन्छ ?

पहिला एकदमै धेरै हेर्थे आजकाल कम हेर्छु । त्यतिबेला पोखराको दिपज्योति हल, पूर्णिमा हलमा फिल्म हेर्न धेरै गइन्थ्यो । घरमा बुबा आमासँग ५, १० रुपैयाँ माग्यो अनि फस्टमा कुर्चीमा बसेर फिल्म हे¥यो । कहिलेकाँही भुईमानै बस्ने गरेर १, २ रुपैयाँपनि छिरिन्थ्यो । पछिल्लो समयमा फिल्म हेर्न कम भएको छ । कुछ कुछ होताय फिल्म ८ चोटीसम्म हलमा गएर हेरे । करण अर्जुन भन्ने फिल्म समेत ५, ७ चोटी हेरियो । एकै दिनमा ३, ४ वटा फिल्म समेत हेरिन्थ्योे ।

तपाईंको फिल्म हेर्ने माध्यम के हो ?

सानोमा फिल्म हेर्ने माध्यम हल नै थियो । शनिबार टिभीमा आउने फिल्म समेत छुटाइने थिएन । कुन फिल्म आउँछ भनेर शनिबार कुरेर बसिन्थ्यो । अहिले मोबाइलबाट फिल्म हेर्छु । आजकाल मैले धेरै हेर्ने भनेको मोबाइलमा साउथ इन्डियन फिल्म हो । ट्रेन्डिङमा आएको नेपाली फिल्म समेत हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?

हलमा फिल्म हेर्दाको मज्जा नै अलग हुन्छ । घरमा मोबाइलबाट त कहिलेकाही निन्द्रा नलाग्दा यसो फिल्म हेरौँ भन्ने हिसाबमा फिल्म हेरिन्छ । हलमा जाँदा पूर्ण रुपमा फिल्मको मज्जा लिने धुनमा गइन्छ । हलको साउन्ड सिस्टम, सेवा सुविधा हुने हुँदा हलमा जस्तो मज्जा घरमा बसेर मोबाइलमा हेर्दा हुँदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?

दिपज्योति हलमा ‘विनाशक’ भन्ने हिन्दी फिल्म चलेको थियो । यति टाइट भयो की मानिस छिर्ने ठाउँ थिएन । टिकट काट्न धकेला धेकेल भयो । झगडा गर्दै टिकट काट्ने खोज्नेहरु थिए । तहाँ हुलदंगा भयो । म सानो मान्छे् कुनामा लुकेर बसे । मनमा डर थियो । फिल्म हेर्न जाँदा यस्ता दृश्य धेरै चोटी देखियो ।भीडभाडकाबीच टिकट काट्न मुस्किल हुने भएकोले व्ल्याकमा टिकट काटेर फिल्म हेर्ने चलन थियो । फिल्म हेर्न कहिलेकाही बुबा आमासँग पैसा माग्थे । कहिलेकाही दोकानबाट पैसा झिकेरसमेत हेरिन्थ्यो । पछि फिल्म हेरेर आएपछि भन्थे, ढाट्ने बानी थिएन । तर मैले धेरैजसो फिल्म हेर्ने पैसा गेम खेलेर समेत जम्मा गर्थे । त्यतिबेला कहिले लड्डु खेल्ने, कहिले गुच्चा खेल्ने चलन हुन्थ्यो । गेमवल, फुटबल पनि खेलिन्थ्यो । त्यस्ता खेलमा मैले जित्थे । यस्ता खेल जित्दा केही पैसा आम्दानी हुन्थ्यो ।अर्को कुरा हामीले रेस्लिङको फोटो खेल्थ्यो । यो खेलमा धेरै मैले जित्थे । खेल खेल्दा जितेका रेस्लिङको फोटो बेचेर हलमा फिल्म हेर्न जान्थे । कहिले साथीसँग कहिले त एक्लै गइन्थ्यो । त्यसबेला पोखरामा ट्याक्टर चल्थ्यो । ट्याक्टरको पछि दोडिदै गएर चढेर समेत फिल्म हेर्न गइन्थ्यो । कहिले हिडेरै गइन्थ्यो । एकपटक ट्याक्टरमा पछाडि चढेर जाँदा पूूर्णिमा हल आइहाल्यौ । ट्याक्टर जोडले कुदिरहेको थियो । झर्नुपर्ने भयो । अनी ट्याक्टरबाट झ्याप्प्प फराल्दा नमज्जाले लडे । चोट लाग्यो ।

हलमा हेरेको पहिलो फिल्म ?

फिल्म हलमा नै गएर हेरेको पहिलो फिल्म त याद छैन । तर फिल्म हलमा गएर हेर्नुभन्दा पनि पहिले कुनै विदेशी फिल्म सभागृह हलमा हेरेको थिए । नाम त याद छैन । त्यतिबेला म सानो थिए । त्यो पक्कै त्यस समयको राम्रो फिल्म हुनुपर्छ । अहिले मानसपटलमा हल्का याद मात्र आउँछ ।

मनपर्ने फिल्मी कलाकार ?

मलाई मनपर्ने नेपाली फिल्मको कलाकारमा राजेश हमाल, आर्यन सिग्देल, विराज भट्ट, निखिल उप्रेती, अनमोल केसी, प्रदीप खड्का, पल शाह हुनुहन्छ । हिन्दीमा सलमान खान, साहरुख खान मनपथ्र्यो । पछिल्लो समय साउथ इन्डियन फिल्मका कलाकार खास लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?

पछिल्लो क्रममा नेपाली फिल्मको छायाकंन गाउँ–गाउँमा हुन थालेको छ । गाउँको रितिरिवाज संस्कार फिल्म मार्फत देखाउन थालिएको छ । पछिल्ला केही फिल्म अर्गानिक बनेका छन् । रिमोट एरियाको प्रमोसनमा फिल्मले सघाएको छ । नेपाली फिल्म कम बजेटमा बन्छ । एक करोड भित्रमा राम्रो फिल्म बनेका छन् । बाहिरको तुलना गर्दा एक करोडमा एउटा गीत पनि बन्दैन । नेपाली कल्चर, नयाँ पूतालाई थाहा नभएको कुरा, ओझेलमा परेका ठाउँ समेत प्रमोसन भइरहेको छ । यो नेपाली फिल्मको सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?

सुधार गर्नुपर्ने पक्ष पनि धेरै छन् । स्क्रिफ्ट हेर्दा लगभग एउटै जस्तो लाग्छ । गीतहरु पहिलाको तुलनामा केही परिवर्तन त छ तर लगभग स्क्रिफ्ट, गीत, अभिनय, क्यारेक्टर उस्तै–उस्तै देखिन्छ । सोही कारण अब नेपाली फिल्मको स्क्रिफ्ट परिवर्तन हुनुपर्छ । नेपालमा सधैं एउटै धारको हिरो, भिलेन भएको फिल्म भन्दा बाहुबली, रोर्वट जस्ता फिल्म बनाउनथाल्नुपर्छ । एडभेन्चर कन्सेप्टमा नेपालमा फिल्म बनेको छैन । एडभेन्चर कन्सेप्टमा फिल्म आइदियोस् भन्ने मलाई लाग्छ । त्यसबाट दर्शकलाई नयाँ टेष्ट मिल्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?

अभिनय गर्ने रहरकै कारण होला मैले दुईवटा फिल्ममा काम गरे । आजभन्दा लगभग १५ वर्ष अगाडि मार्केट र पाप भन्ने फिल्ममा मैल काम गरेको थिए ।अर्को कुरा त्यस समयमा राजेश हमाल पोखरामा आएको छ, फिल्म सुटिङ हुँदैछ भन्ने सुनेपछि स्कुलबाट छुट्टि मागेर भएपनि सुटिङ हेर्न गइन्थ्यो । प्रायः पृथ्विचोक आसपासमा सुटिङ हुन्थ्यो । ‘अग्नि परिक्षा’ भन्ने फिल्मको लास्ट फाइटको सुटिङ पोखराको पृथ्वीचोकमा भएको थियो । जोरो आए भोली सुटिङ हेर्न पाइन्छ भनेर प्याज काखीमा राखेर सुते तर दुःखको कुरा मलाई ज्वरो नै आएन । तरपनि सन्चो छैन भनेर ढाँटेर त्यो फिल्मको सुटिङ हेरेको याद छ ।

म बच्चाबाटनै कलाकारिता मनपराउने गीत संगीत मनपराउने मानिस हो । गीत संगीतमा रमाए । मैले ५, ६ कक्षामा प्ढदा गीत लेख्थे । ६, ७ कक्षामा पढ्दा गीत कम्पोज गर्थे । गीतार लिएर गीतारमानै कम्पोज गर्न सक्ने खुबी थियो । फिल्म लाइन तथा संगीत क्षेत्र प्रति पहिल्यैबाट झुकाब थियो । त्यस समयमा कलाकार पोखरा आउँदा हामीलाई खोज्थे । हामी पनि उनीहरुलाई भेट्न पाउँदा खुशी हुन्थ्यौ ।
त्यतिबेला चलेका कलाकार दिलिप रायमाझी, निखिल उप्रेती लगायतकासँग हाम्रो उठबस हुन्थ्यो । निर्देशकले हामीलाई एउटा–एउटा काम लगाइरहेका हुन्थे । त्यही कामका कारण नजिक हुन पाइन्थ्यो । हामी नजिक हुन्छौ भनेर समेत जान्थ्यौ । म एलबम निकाल्ने गीत संगीतमा केही गर्छु भन्ने मानिस । गीत संगीतमा लागेपछि मोडल बन्ने म्युजिक भिडियो खेल्ने रहर थियो । त्यो रहरलाई समेत पुरा गरे । यसरी गर्दैगर्दा साथीले मार्केट भन्ने फिल्म बनाउछु तिमी नि एकपटक ट्राइ गर भनेपछि फिल्मममा आए । भित्री इच्छा कलकार बनौ भन्ने हुन्थ्यो । फिल्ममा जमेर लागौ भन्ने हुन्थ्यो ।

दुईवटा फिल्ममा काम गर्दाको अनुभव कस्तो रह्यो ?

राम्रो अनुभव रह्यो । पहिलोपटक फिल्म मार्केटमा काम गरे । एउटा छुट्टै मज्जा आयो । त्यसपछि पापमा काम गरे । अmभैपनि मेरो भित्रि मनमा कलाकारिताप्रति मोह छ । कुनै कलाकारलाई देख्दा खुशी लाग्छ । कुनै फिल्म चल्यो भन्दा म किन पुगिन भन्ने हुन्छ । रेड कार्पेट देखे भने खुशी उत्साह हुन्छु । कलाकार आउँदा भेट्छु ।

तपाईं फेरि फिल्ममा फर्कने सम्भावना छ ?

म फेरि फिल्ममा फर्कने सम्भावना अब छैन जस्तो लाग्छ । किनकी म व्यापार विजनेस तिर लागे । सबै कुराको लागि साधना चाहिन्छ । मेरो साधना अहिले विजनेसको लागि छ । परिचय एडर्भटाइजिङ खोलेपछि कुन इभेन्टको स्टेज कस्तो बनाउने भन्ने धुन हुन्छ । स्टेज कसरी राम्रो बनाउन सकियला । इभेन्ट र स्टेजतिर मेरो ध्यान छ ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?

घर नजिकै मिडटाउन सिनेमा हल छ । हल चलेको बेला हलको साउण्ड सुनेरै सुत्छु । आनन्द आउँछ । कुनैबेला यसैमा समय बिताइयो । सुटिङ भनेर हिडियो । गीतसंगीत भनेर हिडियो । कलाकारको पछाडि लागियो । अझैपनि त्यही सेरोफेरोमा व्यापार गरिरहेको छुँ । त्यही सेरोफेरोमा रहेर आफ्नो खशी बाडिरहेको छु । कुनैपनि सेक्टर आफैमा नराम्रो हुँदैन । बैले मेहनत गर्ने हो भने फिल्म क्षेत्र साह्रै राम्रो क्षेत्र हो । जस्तै बलिउडमा फिल्म उद्योगको बेग्लै चार्म छ । नेपालमा त्यस्तो विजनेस बन्न सकिरहेको छैन । यहाँको कलाकारले धेरै मेहनत गर्नेपर्छ । त्यसको लागि प्यासन, डेडिकेसन चाहिन्छ । अब नेपाली फिल्मकर्मीले यसमा ध्यान दिनु भन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button