गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज सम्वाददाता । गण्डकी प्रदेशमा बिहीबार दिउँसोसम्म थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज थप संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ हजार ८८५ पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिकाको वडा नं ३ का १ जना महिला, वडा नं ५ का २ जना महिला र १ जना पुरुष, वडा नं ६ का २ जना महिला र १ जना पुरुष, वडा नं ८ का १ जना महिला र ३ जना पुरुष, वडा नं ९ का १ जना पुरुष, वडा नं ११ का १ जना पुरुष, वडा नं १४ का १ जना महिला, वडा नं १६ का १ जना महिला, वडा नं १७ का १ जना महिला र २ जना पुरुष, वडा नं ३० का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकाको वडा नं ६ का १ जना महिला, वडा नं ९ का १ जना महिला र नवलपुरको बीनयत्रीवेणी गाँउपालिकाको वडा नं २ का १ जना महिलामा संक्रमण देखिएको हो ।

१० जना संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान हुनुभएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । डा शर्माका अनुसार उहाँहरु सबैजनाको क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको थियो । त्यसैगरी १२ जना संक्रमितहरुको लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको हो । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने तयारी भइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button